जनता टाइम्स

११ बैशाख २०७९, आईतवार १९:०३

बुद्ध एअरको जहाजमा भेटियो १० हजार ८ सय अमेरिकी डलर


काठमाडौं, बैशाख ११ । भद्रपुरबाट काठमाण्डौ आएर अवतरण गरेको बुद्ध एअरको जहाजमा १० हजार आठ सय अमेरिकी डलर भेटिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा पार्क गरिएको विमानभित्र एक सय दरका एक सय आठ थान गरी १० हजार आठ सय अमेरिकी डलर प्रहरीले बरामद गरेको जानकारी दिएको छ ।

बुद्ध एअरको उडानद्वारा भद्रपुरबाट काठमाण्डौ अवतरण भएको विमानको सिटमा छालाको ह्यान्ड ब्यागभित्र वेबारिसे अवस्थामा रहेको डलर प्रहरीले बरामद गरेको हो । बरामद डलर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।