कैलाली, बैशाख १२ । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ललितबहादुर थापा (शिव)ले पार्टी परित्याग गर्नुभएको छ । प्रदेश अध्यक्ष र इन्चार्जलाई सम्बोधन गर्दै लेखेको पत्रमा थापाले साधरण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी गराउनु भएको हो ।
‘अपवित्र गठबन्धनले विचार राजनीति र संगठनको रक्षा नहुने भएको हुँदा माओवादी केन्द्रको सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको छु’ पत्रमा थापाले लेख्नुभएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकामा प्रमुख पदमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बन्नुभएका थापा एमालेका उम्मेदवार तपेन्द्र रावलसँग पराजित हुनुभएको थियो ।
अघिल्लो स्थानीय तह निर्वाचनमा उपविजेता भएका उनलाई यसपटकको निर्वाचनमा माओवादीको तर्फबाट मेयरका प्रत्यासीका रूपमा हेरिएको थियो । तर, कैलालीमा भएको गठबन्धनको भागबन्डामा टीकापुर नगरपालिका नेपाली कांग्रेसको भागमा परेपछि थापा रुष्ट हुनुहुन्थ्यो ।
उहाँले अहिलेको गठबन्धनलाई चुनौती दिँदै टीकापुर नगरपालिकामा मेयरको स्वतन्त्र उम्मेदवारी दिने घोषणासमेत गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्