जनता टाइम्स

२६ असार २०७६, बिहीबार १६:४३

सामुदायीक विद्यालयमा अब्बल बनिरहेको विश्व निकेतन


काठमाडौं, असार २६

विश्व निकेतन माध्यामिक विद्यालय सामुदायिक विद्यालय विं.स २००३ मा स्थापना भएको हो । नेपालकै उत्कृष्ट विद्यालयमा गनिन्छ ।

सामुदायिक विद्यालयहरूको स्तर खस्कदै गएको भन्ने कुरालाई गलत ठहराउँदै भर्ना खुल्दा ७५ प्रतिशत भन्दा बढी विद्यार्थी निजी विद्यालयका आउने गरेका छन् ।

कक्षा १ देखि स्नातकसम्मको पढाइ हुने गरेको विश्व निकेतनले भन्ने कुरालाई गलत ठहराएको छ । यहाँ ११–१२ मा विज्ञान, कानून, मानविकीको पढाई हुने गरेको छ ।

विद्यालयमा सबैभन्दा गज्जबको कुरा के छ भन्दा सो विद्यालयका ८० प्रतिशत कर्मचारीले आफ्नो छोराछोरीलाई विद्यालयमा पढाइरहेका छन् ।

विश्व निकेतनका पूर्वाधार कुनैपनि निजी लगानीमा सञ्चालन भएका विद्यालयको दाँजोमा कमजोर छैन । विश्वको जुनसुकै ठाउँमा जाँदा पनि विद्यालयमा के भइरहेको छ भन्ने एउटा एप्सको माध्यमबाट देख्न सकिन्छ । यसको कारण विद्यालय प्रशासनको उपस्थिति नहुँदा पनि विद्यालय सहज ढंगले चलिरहेको हुन्छ । यस्तै सुविधासम्पन्न कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, लाइबेरी, अडियोभिजुअल कक्षाकोठाहरू पनि यहाँ रहेका छन् ।

विद्यालयले प्लस २ मा पढ्न यहाँ राम्रो जीपीए ल्याएका विद्यार्थीलाई छात्रवृत्ति दिदै आएको छ । कक्षा ११ मा कानुन र व्यवस्थापन पढ्नको लागि मासिक ९०० रुपैयाँ, शिक्षा र मानविकी पढ्नको लागि मासिक ७०० रुपैयाँ, विज्ञान विषयको लागि महिनाको २ हजार र प्रयोगशाला शुल्कको लागि वर्षभरीमा ४ हजार रुपैयाँ र भर्ना शुल्कको लागि ५ हजार तिर्नुपर्ने हुन्छ । यसमा पनि विद्यार्थीहरुलाई कुनै न कुनै रुपमा छुट दिने गरिएको छ ।

यसका साथै आर्थिक अवस्था कमको विद्यार्थीलाई विश्व निकेतनले स्थानीय तहबाट सिफारिस ल्याएर निःशुल्क पढाउने व्यवस्था गरेको छ । विद्यालयले विद्यार्थीलाई वर्षभरी संचालन गर्ने ५ वटा परीक्षा, विभिन्न अतिरिक्त कृयाकलाप र साना घाउ चोटपटक लाग्दपनि विद्यालयले त्यसको रकम लिने गरेको छैन ।