जनता टाइम्स

१४ बैशाख २०७९, बुधबार १२:५०

आज ह्वात्तै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, १४ बैशाख । आज सुनको भाउ घटेको छ । हिजो तोलाको ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजाबी सुनको भाउ पनि आज प्रतितोला ३ सयले नै घटेर प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा झरेको छ ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँमा आईपुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार ८७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८४ हजार ४४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ४९ रुपैयाँ तोकेको छ ।