पोखरा, १४ वैशाख । गलकोट नगरपालिका–६ का सभापति भक्त नेपाली कांग्रेस परित्याग गरी एमालेबाट वडाध्यक्ष उठ्नुभएको छ । गठबन्धनका कारण कांग्रेसबाट उम्मेद्वार उठ्न नपाएपछि वडा सभापतिले राजीनामा दिएर एमालेमा प्रवेश गर्नुभएको हो । कांग्रेसले विचार नमिल्नेहरूसँग अप्राकृतिक गठबन्धन गरेको आरोप लगाउँदै नेपालीले एमाले रोजेको बताउनुभयो ।
उहाँमात्रै होइन, जैमिनी नगरपालिकामा एमालेबाट उपप्रमुखमा उम्मेद्वारी दिनुभएको यमुना देवी शर्मा पनि नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हो । उहाँ यसअघि महिला संघको सचिव समेत भएर काम गरिसकनुभएको छ । शर्माले कांग्रेसबाट उपमेयरको टिकट माग्नुभएको थियो । जैमिनीमा कांग्रेसले जनमोर्चालाई मेयर दिएको छ भने हरिहर शर्मालाई उपमेयर उठाएको छ ।













प्रतिक्रिया दिनुहोस्