रौतहट बैशाख १५ । केहिदिन अघिसम्म नेपाली कांग्रेस पार्टीमा मेयर पदको प्रवल दावेदार सेख एकरामुल हक एमालेबाट टिकट लिएर मैदानमा उउनु भएको छ । अगामी ३० गतेहुने स्थानीयतहको निर्वाचनमा हक रौतहटको गरुडा नगरपालिकामा नेकपा एमालेबाट मेयर पदमा भिडनु भएको हो ।
कनकपुरका पुर्व गाविस अध्यक्ष तथा गुजरा नगरपालिकाका मेयर प्रत्याशी स्वर्गीय सेख दाउदका छोरा तत्कालीन कांग्रेस महाधिवेशन प्रतिनिधि हक केहि दिन अघि मात्र पार्टी परित्याग गर्नुभएको थियो । कांग्रेस जिल्ला सभापति सुनिल यादव र प्रदेश सभापति कृष्ण यादवले पैसावाल खोजीखोजी टिकट बितरण गरिरहेको भन्दै उहाँ एमालेमा प्रवेश गर्नुभएको हो । गुजरा नगरपालिकामा एमालेबाट मेयर हकसंगै उपमेयरमा रानीकुमारी चौधरी मैदानमा उत्रनु भएको छ ।
यस्तै गुजरा १ को वडा अध्यक्षमा रामजित चौधरी,२ मा बिक्रम भन्ने मिरबहादुर स्थानी मगर,३ मा गजेन्द्र चौधरी ,४ बाट कुमार भन्ने झमक प्रसाद चौलागाईं र ५ बाट सम्भ साहले उम्मेद्बारी दिनुभएको छ । त्यस्तै वडा ६ मा मोसाफिर यादव,७ मा राजेश चौधरी ,८ मा रामबाबु चौधरी र वडा ९ मा सोभालाल चौधरीले वडा अध्यक्षको लागि मैदानमा उत्रिएको एमाले गुजरा नगर कमिटी अध्यक्ष सम्भु चौधरीले जानकारी दिएका छन ।













प्रतिक्रिया दिनुहोस्