जनता टाइम्स

१५ बैशाख २०७९, बिहीबार १५:१९

आज पनि ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, १५ बैशाख । आज सुनचाँदीको भाउ घटेको छ । मंगलबार तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजार रुपैयाँले नै घटेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा झरेको छ ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय २० रुपैयाँमा आईपुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८४ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८३ हजार ५ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ३१ रुपैयाँ ५० पैसा तोकेको छ ।