कैलाली, बैशाख १५। कैलालीको गोदावरी नगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट उपमेयरको उम्मेदवार रिता खड्का नेकपा एमाले प्रवेश गर्नुभएको छ ।
उपमेयरका उम्मेदवार खडकालाई आज अत्तरियामा एमाले केन्द्रीय सचिव एवम् सुदुरपश्चिम का इन्चार्ज लेखराज भट्ट र प्रदेश अध्यक्ष दामोदर भण्डारीले पार्टी मा प्रवेश गराउनु भएको हो ।
खड्का ले १२ गते माओवादी केन्द्रको तर्फबाट उपमेयर मा मनोनयन दर्ता गराउनु भएको थियो । खडकाले एमालेमै राजनीतिक भविष्य देखेर एमाले प्रवेश गरेको बताउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्