धनगढी, १५ वैशाख । कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट दुई जनाको उम्मेदवारी परेकोमा सुशीला शाहीले आधिकारिकता पाउनुभएको छ । लम्कीचुहा नगरपालिकाको मेयरमा कांग्रेसका शाही र भक्तबहादुर थापाले उम्मेदवारी दिनुभएको थियो । दुवैले आफू आधिकारिक रहेको बताए पनि निर्वाचन अधिकृतले भने शाहीलाई आधिकारिकता दिँदै भक्तबहादुर थापाको उम्मेदवारी रद्द गरेको हो । लम्कीचुहा नगरपाकिलाका निर्वाचन अधिकृत हिरालाला चौधरीले शाहीको उम्मेदवारी आधिकारिक भएको भन्दै कांग्रेसले जनाकारी दिएपछि थापाको उम्मेदवारी रद्द गरिएको जानकारी दिनुभयो ।
लम्कीचुहा प्रमुखमा कांग्रेसका दुई उम्मेद्वार: सुशीलालाई आधिकारिकता, भक्तबहादुरको मनोनयन रद्द













प्रतिक्रिया दिनुहोस्