जनता टाइम्स

१६ बैशाख २०७९, शुक्रबार १६:२५

तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको भाउ


काठमाडौं, १६ बैशाख । आज सुनको भाउ बढेको छ । हिजो तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजाबी सुनको भाउ पनि प्रतितोला १२ सय रुपैयाँले नै घटेर प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा झरेको छ ।

आज चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला १३ सय २० रुपैयाँ कायम छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८५ हजार ५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८४ हजार ६ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ३१ रुपैयाँ ५० पैसा तोकेको छ ।