जनता टाइम्स

१८ बैशाख २०७९, आईतवार ११:१०

एमाले मेयरका उम्मेदवार सागर थापाको अठोट : विराटनगरलाई समृद्ध बनाउन औद्योगिक शहर बनाउँछौं


गर प्रमुख पदका उम्मेदवार, विराटनगर महानगरपालिका तीस वर्षदेखि विराटनगरको राजनीतिमाअनवरत रूपमा लागेका सागर थापाअहिले विराटनगर महानगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार हुनुहुन्छ । अनेरास्ववियुबाट राजनीति सुरू गर्नुभएकाथापा महेन्द्र मोरङ क्याम्पस विराटनगरमादुई पटक स्ववियु सभापतिमानिर्वाचितहुनु भयो । त्यस ताका आफ्ना प्यानलका सबै उम्मेदवारहरू पराजित हुँदा पनि उहाँ एक्लै सभापतिमा निर्वाचित भएपछि चर्चा चुलिएको थियो । विराटनगरमा स्थापित नामका रूपमा परिचित सागर थापा विभिन्न सामाजिक कार्यमा जोडिँदै नेकपा एमालेको जिल्ला कमिटी सदस्य र विगत एक दशकदेखि महानगर कमिटीको नेतृत्वमा हुनुहुन्छ । हाल महानगर कमिटीको अध्यक्ष रहनु भएका थापा उम्मेदवार बन्दै गर्दा गरिएको संक्षिप्त कुराकानीः

बैशाख ३० गते हुनगइरहेको स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकामा प्रमुखको उम्मेदवार बन्नुभएको छ, तपाईंले जित्ने आधार के छन् ?

विराटनगरमा २०४३ सालमा जनपक्षीय उम्मेदवारले जितेका थिए । त्यसपछि बहुदलीय व्यवस्थामा २०४९ सालको स्थानीय चुनावमा धाधँली भएपछि बहिस्कार गर्दा पनि नेकपा एमालेले सम्मानजनक मतल्याएको थियो । र, २०५४ सालमा एमालेले विजय हासिल गरेको थियो । फेरि २०७४ सालमा काँग्रेस विजयी बन्यो । यो हिसाबले हेर्दा अब जित्ने पालो हाम्रो हो । यो परम्परागत कुरा भयो ।

यसपटक भने हामी विराटनगरलाई समृद्ध बनाउने, श्रमजीवीका सवालहरूलाई उठाउँदै सम्बोधन गर्ने,यहाँ उद्योगी व्यवसायीको हित प्रवद्र्धन गर्दै रोजगारमूलक सहर बनाउने र भ्रष्टाचार मुक्त नगर बनाउँदै गुणस्तरीय सेवा प्रवाह गर्ने हाम्रो एजेन्डा छ । त्यसैले पनि हामी चुनाव जित्छौँ । सँगसगै हामीसँग दर्विलो संगठन, विशाल कार्यकर्ताको पंक्ति र आम विराटनगरबासीको साथ र सहयोग छ ।

विराटनगर औद्योगिक सहरको रूपमा परिचित छ । तर, पछिल्लो समय यसको साख गिर्दै गएको छ । यहाँको उद्योग व्यवसायलाई पुनर्जीवितगर्न र गुमेको साख फर्काउन तपाईकोकस्तो प्रयत्न रहन्छ ?

नेपालको जेठो उद्योग विराटनगर जुट मिल स्थापना भएसँगै विराटनगरको पहिचान औद्योगिक सहरको रूपमा स्थापित भएको हो । विराटनगर कुनै समय उद्योग नै उद्योगको सहर थियो । यहाँको उद्योग कलकारखानाका कारण विराटनगर आर्थिक रूपले पनि सम्पन्न थियो तर पछिल्लो समय उद्योगी व्यवसायीहरू पलायन हुने र यहाँका उद्योगहरू धराशयी बन्नथाले । हामी उद्योगलाई पुनर्जीवित गर्दै विराटनगरमा औद्योगिक क्षेत्र बनाउने उद्योगहरूलाई उद्योग खोल्ने वातावरण बनाउँछौँ ।

विराटनगरको करलाई उद्योगीव्यवसायी मैत्री बनाउँछौं । उद्योगीहरूलाई सम्मान र अभिनन्दन गर्ने कार्यक्रम ल्याएर प्रोत्साहन गर्छाैं । सेवालाई डिजिटलाइजेशनगर्दै झण्झटमुक्त प्रशासन बनाउने छौँ । उद्योगी व्यवसायीलाई परेका हरेक समस्यामा हामी केन्द्रीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर औद्योगिकवातावरण बनाउने छौँ । विराटनगरमा एउटा भव्य प्रदर्शनी स्थलबनाउने प्रतिबद्धता सहित हामी अघि बढेका छौँ ।

शिक्षा र स्वास्थ्यमातपाईंको योजना के हो ?

हामी सार्वजनिक विद्यालयलाई स्तरोन्नति गर्दै गुणस्तरीय शिक्षालय बनाउँछौं । निजीविद्यालयसँगको सहकार्यलाई प्रभावकारी बनाउँछौं । सबै खालका शैक्षिक संस्थाखोल्न र त्यसलाई गुणस्तरीय बनाउन हामी ठोस योजनाका साथ अघि बढ्छौं । सामुदायिक विद्यालयमा व्यवस्थित छात्रा शौचालय र निःशुल्क सेनिटरी प्याडको व्यवस्थागर्ने छौँ । विराटनगरमा भइरहेका स्वास्थ्य केन्द्र र अस्पतालहरूलाई व्यवस्थित गर्दै मेट्रो अस्पताल निर्माण गर्ने छौँ । स्वास्थ्यबीमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालनगर्ने छौँ । निःशुल्क औषधि वितरण कार्यलाई प्रभावकारी बनाउने छौं ।

सुशासनका लागि तपाईंको प्रयत्न र प्रतिबद्धता के हुने छ ?
विराटनगरलाई सुशासनयुक्त बनाउन चुस्त र दुरूस्त कर्मचारी प्रशासन बनाइने छ । भइरहेका करार र सबैखाले कर्मचारीको स्थायित्व गर्दै उनीहरूलाई प्रोत्साहन नीति मार्फत काममा लगाइने छ । विराटनगर भित्र भएका सबै कर्मचारीलाई नयाँ उर्जाका साथका मगर्ने वातावरण तयार गर्दै कर्मचारी र जनप्रतिनिधि बीचको समन्वयलाई प्रभावकारी बनाइने छ ।लामो समयदेखि सेवा गरिरहेका कर्मचारीलाई सम्मान र नयाँ कर्मचारीलाई प्रविधियुक्त तालिम दिएर प्रोत्साहनगर्ने काम अगाडि बढाउने छौं । भ्रष्टाचारमा मात्र नभई ढिलासुस्तीमा समेत शुन्य सहनशीलता अपनाउने छौं ।

विराटनगरका सुकुम्बासी समस्या समाधान कसरी गर्ने योजना छ ?
विराटनगरमा रहेका सबै सुकुम्बासीको घर निर्माणलाई प्राथमिकता दिँदै सबैको घर निर्माण गरिने छ । कुनै पनि सुकुम्बासी परिवार घरबारविही नहुने छैनन् । विराटनगरमा रहेका सुकुम्बासी बस्तीलाई सडक, विद्युत, खानेपानी पु¥याउने कार्यलाई तिव्रता दिइने छ ।

विराटनगरको मुख्य समस्या डुबान हो । यसलाई नियन्त्रण गर्नको लागि तपाईकोको योजना कसरी अघि बढ्छ ?

हामी डुबान क्षेत्रको पहिचान गरीत्यसलाई ठोस योजना बनाएर अघि बढ्छौं । डुबानमुक्त हुनका लागि ढलहरूको निर्माण र खोलाहरूमा तटबन्ध र त्यस छेउका बस्तीको व्यवस्थापन गर्छौं ।

योजना कार्यान्वयन गर्नको लागि बजेटको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
संघीय तथाप्रदेश सरकारसँगको समन्वय र अनुदानहरू, दातृ निकायसँगको सहकार्य र आन्तरिक स्रोतहरूको पहिचान र करकानयाँ क्षेत्रहरु खोजी गरी स्रोतको व्यवस्थापनगरिनेछ ।