काठमाडौं, १९ बैशाख । नेपाली कांग्रेसका उम्मेदवारले मतदाताको पाउमा हजारको नोट राखेर ढोगीरहेको एउटा तस्विर आज भाईरल भएको छ । यो तस्विर सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० का वडा अध्यक्षका कांग्रेस उम्मेदवार अमृत खनालको हो । तस्विरमा एक महिलाको पाउमा हजारको नोट राखेर ढोगीरहेको देख्न सकिन्छ ।
कतिपयले उहाँमाथि पैसा बाँढ्दै भोट मागेको आरोप लगाइएको छ । अहिले उहाँले भने आफ्नी फुपूदिदीलाई ढोग गरेको स्पष्टीकरण दिनुभएको छ । उहाँले यसबारे सामाजिक सञ्जाल फेसबुकमा पनि प्रष्टीकरण दिनुभएको छ ।
उहाँले लेख्नुभएको छ,‘यहाँहरू सबैलाई हार्दिक नमन तथा जय नेपाल ! मेरी फुपू दिदीको हातबाट टीका लगाए पछि मैले मेरी दिदीको पाउ ढोक्दै गर्दा बिना दक्षिणा कसरी ढोग गरूँ ? आादर र सम्मान गर्नु मेरो धर्म हो । यो सकारात्मक संस्कारलाई पनि प्रंचार–प्रसार गरिदिनु भएकोमा यहाँहरू सबैलाई हार्दिक धन्यवाद ।’
तर उहाँले अहिले उक्त पोस्ट फेसबुकबाट हटाइसक्नुभएको छ । उहाँले आफ्नी दिदी वडा नम्बर १० अर्थात् आफ्नो क्षेत्रको मतदाता नभई वडा नम्बर ९ को मतदाता भएको पनि भन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्