रतुवामाई, बैशाख २० निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता विपरित मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राईले सरकारी स्रोत, सधान र सम्पत्तिको दुरुपयोग गरेका छन् ।
निर्वाचन आचारसंहिता अनुसार स्थानीय कार्यपालिका र सोका सदस्यलाई पनि कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन रोक लगाएको छ । यस्तै आचारसंहिताले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरक्रियाजस्ता कार्यक्रममा भाग लिन नहुने भनेको छ ।
तर, राईभने नगरपालिका स्रोत, साधन र गाडीसमेत दुरुपयोग गर्दै नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँडेका छन् । उनी यतिबेला नेपाली कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँड्नुका साथै विभिन्न स्थानमा आयोजना गरिएको चुनावीसभामा भाषणसमेत गर्दै हिँडिरहेका छन् । मेयर राई २०७४ सालमा कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित भएका थिए । उनले हालसम्म पदबाट राजीनामा दिएका छैनन् ।













प्रतिक्रिया दिनुहोस्