जनता टाइम्स

२१ बैशाख २०७९, बुधबार १०:४२

उदयपुरगढीमा समृद्धिको जग बसाउने छौं : गोपालबहादुर खत्री


उदयपुर, बैशाख २१ । यही बैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा जिल्लाको उदयपुरगढी गाउँपालिकामा नेकपा (एमाले) बाट गोपालबहादुर खत्री अध्यक्षका उम्मेदवार हुनुहुन्छ । विक्रम सम्बत् २०२६ सालमा जन्मिनु भएका खत्रीले उदयपुर जिल्लाको पुरानो विद्यालय उदयपुरगढीबाट विद्यालय स्तरको पढाई पूरा गर्नु भएको हो ।

२०४४ सालमा त्रियुगा बहुमुखी क्याम्पसमा उच्चशिक्षाको लागि भर्ना हुनुभएका खत्रीको राजनीतिक यात्रा त्यहीँबाट शुरूभयो । त्रियुगा जनता बहुमुखी क्याम्पसमा प्रारम्भिक कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्दै राजनीतिमा उदाउनु भएका खत्रीलाई बहुदलीय व्यवस्था स्थापनाका लागि आन्दोलनका नेतृत्वकर्ताको रुपमा लिन सकिन्छ । जिल्ला कमिटीका कोषाध्यक्ष, अञ्चल कमिटी सदस्यहँुदै हाल प्रदेश कमिटी सदस्यको जिम्मेवारीका साथै भूमि व्यवस्था समितिको उदयपुर जिल्ला अध्यक्षभई काम गरेको अनुभव उहाँमा छ । विभिन्न जिम्मेवारीमा रहनु भएका खत्री पार्टीको एक इमान्दार सिपाही हुनुहुन्छ ।

आफ्नो गाउँ आफै बनाउनु पर्छ भन्ने मान्यता बोकेका खत्रीले स्थानीय स्तरमा समाज सेवाको क्षेत्रमा धेरै काम गर्नुभएको छ । गाउँमा विद्यालय निर्माण, बाटोघाटो, पुलपुलेसा, खानेपानी, विद्युत विस्तारलगायतका सामाजिक क्षेत्रमा काम गर्नुभएका खत्री गाउँघरमा विकासप्रेमी नेताका रूपमा परिचित हुनुहुन्छ । समाजमा भएका हरेक विकास निर्माणका काममा उहाँको सहभागिता रहन्छ । उदयपुरगढी गाउँपालिकाका जनताको ढुकढुकी खत्रीलाई यस पालिकाका जनताले हरेक दुःख सुखमा सम्झने गर्छन् ।

साविकका पाँच गाविस मिलेर बनेको उदयपुरगढी गाउँपालिका भौगोलिक हिसावले पहाडि गाउँपालिका हो । यो विकासोन्मुख पालिका हो । मदन भण्डारी लोकमार्गले केही भागमा छोए पनि अन्य स्थानमा विकास भएको छैन ।

विकासका थुप्रै कामहरू गर्न बाँकी छ । पालिकामा विद्युत विस्तारको काम भएपनि निकै घर परिवारमा विद्युत सेवा पुग्न बाँकी छ । रोजगारीको अवस्था सिर्जनाका लागि निकै काम गर्नुपर्ने अवस्था छ । विभिन्न किसिमका विभेदहरू प्रशस्तै छन्। त्यस्ता विभेद हटाउनका लागि चेतनामूलक काम गर्नुपर्ने अवस्था छ ।

सडक सञ्जाल सवै वडा तथा गाउँमा पुगेपनि सडक स्तरोन्नतिको कार्य आवश्यक छ। वर्षेनी विपतको सामना गरेका यस पालिकाका नागरिकका लागि विपत न्यूनीकरण सम्बन्धीकार्यहरूगर्नुपर्ने जरुरी छ । हिंसा प्रभावितहरूको लागि कार्य गर्नुपर्ने आवश्यकता छ। पर्यटक भित्र्याउनका लागि उदयपुरगढी दरवार संरक्षण र सम्बद्र्धनको आवश्यकता छ ।

अध्यक्षका उम्मेदवार खत्रीले भन्नुभयो–पालिकामा परिवर्तनको महशुस गराउनको लागि र समृद्ध पालिका निर्माणमा जग बसाउनको लागि यस पालिकामा अध्यक्ष पदको उम्मेदवार भएको छुु ।