जनता टाइम्स

२३ बैशाख २०७९, शुक्रबार १३:५४

पुँजी बजारको विकाश गर्नको निम्ति ब्रोकर कम्पनि थप गर्न जरुरी छ : शेखर गोल्छा


काठमाडौं, २३ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पुँजी बजारको विकास गर्नको निम्ति ब्रोकर कम्पनि थप गर्न परेको बताउनुभएको छ ।

महासंघले आज आयोजना गरेको परिपक्व पुँजी बजार सम्मेलनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो ।

अहिले बजारलाई निकै ठूलो नकारात्मक असर परेको उहाँले सुनाउनुभयो । ब्याजदर महंगो भएको कारण पनि पुँजी बजारलाई नकारात्मक असर गरेको उहाँको भनाइ छ ।