काठमाडौं, बैशाख २३ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं कांग्रेस नेतृ डा. आरजु राणा देउवा सरकारी कोटा हडपेर बिदेस पठाउने अबैध धन्दामा संलग्न रहनुभएको तथ्य उजागर भएको छ ।
प्रधानमन्त्री पत्नी आरजु आफैले आफू यस्तो धन्दामा संलग्न रहेको खुलासा गर्नुभएको हो । प्रधानमन्त्रीपत्नी राणाले धनगढीमा चुनावी सभालाई सम्बोधनका क्रममा कांग्रेसलाई भोट दिए स्थानीयलाई फ्री भिसा र फ्री टिकटमा मलेसिया पठाइ दिने भन्दै आफ्नै पोल खोल्नुभयो ।
‘तपाईंहरुले कांग्रेसलाई जिताउनुस, हामी सबैलाई गर्न सक्दैनौं तर, यो ठाउँमा दुःख पाएकाहरु केहीलाई पढाउने छु। मलेसिया जाने कोही भएमा मलाई आउने कोटाबाट फ्री भिसा र टिकट मिलाउनेछु,’ आफ्नो पोल खोल्दै प्रधानमन्त्रीपत्नी आरजुले भन्नुभयो । उहाँले आफूले पाउने कोटाबाट ५–६ जनालाई मलेसिया पठाउन सक्ने बताउनु भयो ।

प्रधानमन्त्री पत्नी आरजुमाथि राज्यसत्तामा ब्रम्हलुट मच्चाउने गरेको र कर्मचारी तथा प्रहरीको सरुवा बढुवामा अकुत कमिशन असुल गर्ने गरेको आरोप लाग्दै आएको छ । यहीबीचमा उहाँले आफू सरकारी कोटा हडपेर बिदेश पठाउने धन्दामा समेत रहेको तथ्य खोल्नुभएको हो । उहाँको यो भनाई निकै बिवादमा परेको छ ।













प्रतिक्रिया दिनुहोस्