जनता टाइम्स

२४ बैशाख २०७९, शनिबार ०५:१२

कांग्रेस नेताको खुलासा : भरतपुरको मेयरमा रेनु दाहाल हारे चितवनबाट चुनावमा उम्मेदवार बन्दैनन प्रचण्ड


काठमाडौं, बैशाख २३ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेनु दाहाल चुनाव हारे प्रचण्ड चितवनबाटै चुनाव नलडने निश्कर्षमा पुगेको खुलासा भएको छ ।

सत्ता गठबन्धनकै प्रमुख दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले यस्तो खुलासा गर्नुभएको हो । चर्चित पत्रकार बिजयकुमार पाण्डेसँगको कुराकानीको क्रममा नेता रिजालले रेनु दाहालको लागि नभई प्रचण्डका लागि भरतपुरको मेयर बिषय रहेको बताउनु भयो ।

‘गठबन्धन के हुन्छ ? कसरी अघि बढछ भन्दा पनि मुख्य नेताको प्रतिष्ठा देखिएको छ, भरतपुरमा रेनु दाहालले हारे प्रचण्ड चितवनबाटै चुनाव नलडने कुरा छ,’ रिजालले भन्नुभएको छ । उहाँले अहिलेको गठबन्धन अप्राकृतिक भएको स्वीकार पनि गर्नुभएको छ भने सत्ता गठबन्धनलाई बिजयकुमारले दिनुभएको केपी ओली बिरुद्धको टे«ड युनियन हो भन्ने कुरालाई पनि सहमती दिनुभएको छ ।