भरतपुर । नेकपा (एमाले) का नेता एवम् चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले भरतपुर महानगरका निवर्तमान मेयर तथा हालकी उमेदवार रेनु दाहाल आफूले गर्दै नगरेका काम पनि गरेको भन्दै झुटो प्रचारमा लागेको भन्दै कडा आपत्ति जनाउनु भएको छ ।
एमाले भरतपुर महानगरपालिका १२ नम्वर वडा कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता पोखरेलले कतिपय हुदै नभएको र केपी ओली सरकारले पठाएको बजेटबाट हुँदै गरेको कामको जससमेत लिएर प्रचारमा उत्रिएको देख्दा आफू आश्चर्यमा परेको बताउनु भयो ।
‘सिटी हल, गोन्द्राङ–पुल्चोक सडक स्वयं तत्कालीन प्रधानमन्त्री ओली आफै आएर संघीय सरकारको बजेटमा काम अघि बढिरहेको होइन ? रिङ रोड बनाएँ भनेर प्रचार गरेको सुन्छु यहीँ १२ नम्वर वडामा कहाँ छ रिङ्गरोड ? गर्दै नगरेको हुदै नभएको काम गरे भनेर प्रचार गर्न लाज लाग्दैन ?’, पोखरेलले प्रश्न गर्नुभयो ।
पोखरेलले पछिल्लो पाँच वर्ष भरतपुर महानगरको व्यर्थ बितेको नेता पोखरेलले बताउनु भयो । एमाले मेयर उमेदवार विजय सुवेदीको जीत सुनिश्चित रहेको बताउँदै उनले अब एमालेको अगुवाइमा भरतपुर महानगरको समृद्धि अभियान अघि बढ्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य कृष्ण नेपाली, जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज शेषमणि नेपाल, जिल्ला कमिटी सदस्य अन्जु शर्मा दाहाल, वडा कमिटी अध्यक्ष तिलप्रसाद न्यौपाने, १२ नम्बर कार्यवाहक वडा अध्यक्ष विमला भट्टराई, वडाअध्यक्ष उम्मेदवार लेखराज पन्तसहित सदस्यका उमेदवारहरू र स्थानीय नेता कार्यकर्ताको सहभागिता थियो ।













प्रतिक्रिया दिनुहोस्