काठमाडौं, बैशाख २६। नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब १८ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले मंगलबार सार्वजनिक गर्ने बिलका लागी अपराहन्न ३ बजे खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट बोलकबोल गर्ने भएको हो ।
इच्छुक लगानीकर्ताले सो अवधिभित्र आवेदन दिइसक्नुपर्नेछ । बैंकले विक्री गर्न लागेको बिल ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने १८२ दिनका लागि ११ अर्ब रुपैयाँ र ३६५ दिनका लागि २ अर्ब ८ करोड रुपैयाँ छुट्याएको छ ।
खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट बिलको खरिद–विक्री गरिने भनिएपनि कुल बिल रकमको अधिकतम ८५ प्रतिशत खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत भने बिना प्रतिस्पर्धा वितरण गरिने बैंकले उल्लेख गरेको छ ।













प्रतिक्रिया दिनुहोस्