जनता टाइम्स

२६ बैशाख २०७९, सोमबार १६:१०

सेयर बजार सुधारोन्मुख


काठमाडौं, २६ वैशाख । साताको दोस्रो दिन आज सेयर बजारको कारोबार सामान्य बृद्धि भएको छ । आज १२ दशमलव २७ अंक बढेर बजार २२ सय ६८ दशमलव ८५ अंकमा आएर बन्द भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार पनि सेयर बजार १७ अंकले बढेको थियो । यसरी बिस्तारै बजार आफ्नो लयमा फर्कन खोजेको देखिन्छ । कारोबार रकममा पनि आइतबारको तुलनामा सोमबार सुधार आएको छ ।

आइतबार एक अर्ब ३२ करोड बराबरको कारोबार भएको छ भने आज एक अर्ब ३९ करोड बराबरको कारोबार भएको छ । बजारमा आज २२२ वटा कम्पनीको २८ हजार ६७५ वटा कारोबार हुँदा ३३ लाख २४ हजार ८३२ कित्ता सेयर कारोबार भएको छ । २२२ वटा कम्पनीका मध्ये १३२ कम्पनीका सेयरधनीले कमाउन सफल भएका छन् । अत्याधिक कमाउने मध्ये सधैंझैं जाल्पा लगुवित्तले आज पनि सर्किट लेबलमा कारोबार गर्न सफल भएको छ ।

स लघुवित्त १० प्रतिशत बढेर १८ सय ३९ दशमलव ८ मा अन्तिम कारोबार गर्न सफल भएको छ । यसैगरी ७ दशमलव ७७ प्रतिशत बढेर माहुली लघुवित्त १२ सय ९० मा, ६ दशमलव २७ प्रतिशत बढेर उन्नति सहकार्य लघुवित्त १२ सय ७२ मा र आर एस डिसी लघुवित्त ५ दशमलव ३२ प्रतिशत बढेर ६१४ मा अन्तिम कारोबार गर्न सफल भएको छ । १३ वटा उपसमूहमध्ये सोमबार १० वटा उपसमूह बढ्न सफल भएका छन् ।

बजार बढे पनि ७५ वटा कम्पनीका सेयरधनीले भने गुमाएका छन् । अत्याधिक गुमाउनेमध्ये हिमालयन ऊर्जा कम्पनी ३ दशमलव ७८ प्रतिशत घटेको छ भने स्वरोजगार लघुवित्त ३ दशमलव २४ प्रतिशत घटेर ८९५ मा र गुह्येश्वरी फाइनान्स ३ दशमलव ०४ प्रतिशत घटेर ३१६ मा अन्तिम कारोबार हुन सफल भएको छ ।

१३ वटा उपसमूहमध्ये सोमबार ३ समूह भने घटेका छन् जसमध्ये होटल, डेभलपमेन्ट बैंक र जीवन बिमा रहेका छन् । कारोबारको आधारमा सोमबार नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा पर्न सफल भएको छ । यस कम्पनीको आज सात करोड ८३ लाख बराबरको सेयर कारोबार भएको छ भने एन आईसी इसिया बैंकको भने पाँच करोड बराबरको सेयर कारोबार भएको छ ।