काठमाडौं, बैशाख २६ । नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव एमालेमै फर्किएका छन । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी चरम अवसरवादी र कम्युनिष्ट आन्दोलनबिरोधीहरुको झुण्ड मात्रै रहेको तथ्य प्रमाणित भएको भन्दै बैतडी जिल्ला कमिटी सचिव हर्कबहादुर धानुक नेकपा नेकपा एमालेमा फर्किनु भएको हो।
एकीकृत समाजवादीमा चरम अवसरवाद, ब्यक्तिवाद हावी भएको र कम्युनिस्ट आन्दोलन नै धरासयी बनाउने अभियानमा लाग्दे गएकोले आफुले सो पार्टी परित्याग गरी मुल घर एमालेमै फर्किएको धानुकले बिज्ञप्तिमा जनाउनु भएको छ। उहाँलाई एमाले सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले पार्टीमा स्वागत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्