जनता टाइम्स

२८ बैशाख २०७९, बुधबार १०:५४

डेढ महिनापछि १०० किलो सुन आयात


काठमाडौं, २८ बैशाख । डेढ महिनापछि बैंकहरुले १०० किलो सुन आयात गरेका छन् ।

बैंकर्स एशोशियसनका अनुसार झण्डै डेढ महिनापछि १०० किलो सुन आयातको लागि सिफारिस गरिएको थिए । तरलता अभावसँगै केन्द्रिय बैंकले सुनको आयातमा कडाई गरेको थियो । गत फागुनमा केन्द्रिय बैंकले सुन आयातको कोटा २० केजीबाट घटाएर १० केजिमा झारेको थियो ।

अहिले बैंकहरुले दैनिक १० केजी मात्रै सुन आयात गर्न पाउछन् ।बैंकर्स एशोशियसनले गत चैत २४ गतेदेखि सुनको आयात पुर्ण रुपमा रोकेको थियो । सुनको आयात रोकिएको करिब डेढ महिनापछि पुनःआयात सुचारु भएको हो ।