जनता टाइम्स

२८ असार २०७६, शनिबार १३:२७

सरकारले चाहे एकहप्ता भित्र तरकारी तथा फलफुलमा विषदी परिक्षण गर्न सकिन्छः उमेशलाल श्रेष्ठ


 

काठमाडौं, असार २८

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले तरकारी तथा फलफुलको विषादी परीक्षणका लागि प्रयप्त प्रविधि भएको बताउनु भएको छ । उहाँले नेपालगंज, भैरहवा, विरगंज र विराटनगर नाकामा विशादी परिक्षणको तत्कालै संभव भएको बताउनु भएको हो ।

उपाध्यक्ष श्रेष्ठले सरकारले आफुलाई विषदी परिक्षणको जिम्मा दिए एक हप्ता भित्र सबै नाकामा विषादी परिक्षण गर्ने दाबि गर्नुभएको छ ।
संयुक्त राष्टसंघको कृषी तथा खाद्य संस्थाले नेपालमा विषादी परीक्षणको लागि आरबीपीआर कालिमाटि तरकारी बजारमा स्थापना गरिएको उल्लेख गर्नुभएको छ ।

त्यसबाहेक नेपाल सरकारले नै देशको १५ ठाउँमा विषदी परिक्षणका साधन राखेको भन्दै एक हप्तामा देशै भर परिक्षण गर्न सकिने बताउनु भएको छ । सरकार मात्र होइन नीजी क्षेत्र, कृषी अनुसन्धान विभाग, फोरेन्सीक ल्याब, भन्सार विभाग, लगाएत संग साधन स्रोत भएकाले सरकारले चाहे विषादी परिक्षणको लागि कुनै समस्या नभएको बताउनु भएको छ ।