जनता टाइम्स

१ जेष्ठ २०७९, आईतवार ११:००

आइतबार सुनको मुल्य प्रतितोला १३ सय रूपैयाँले घट्यो


काठमाडौं, १जेठ। साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ।

आइतबार सुन प्रतितोला ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

गत बिहीबार भने सुन प्रतितोला ९७ हजार आठ सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ५० रूपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा सुन प्रतितोला १३ सय रूपैयाँ र चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति‍औंस १८ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।