रसुवा, जेठ १ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका ५ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एमालेका दावा मिङमार तामाङले ७ सय ७८ मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ङवाङदोर्जे तामाङले ७ सय २५ मत पाउनु भएको छ । यस्तै वडा सदस्यहरुमा एमालेकै कामी छिरिङ तामाङ, महिला सदस्यमा विविरानी तामाङ, डोल्मा याङजेन तामाङ र दलित महिला सदस्यमा कान्छी लाटी कामिनी विजयी हुनुभएको छ ।












प्रतिक्रिया दिनुहोस्