जनता टाइम्स

२९ असार २०७६, आईतवार ०६:१९

जापानका अजिव गुरुङले गरे एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी घोषणा


जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समवन्य परिषद्को अधिवेशनमा अजिव गुरुङ ‘ओम’ले एसिया प्यासिफिक संयोजक पदमा उम्मेदवारी दिने भएका छन् । एनआरएनए जापानको अध्यक्ष भई सफल कार्यकाल सम्पन्न काम गरिसक्नुको साथै ३ पटक आईसीसीको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेका गुरुङले एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी दिने बताउनु भएको छ ।

पर्वत जिल्लाको फलेवास नगरपालिका ८ ठानामौलाको खाल्टेमा जन्मिनुभएका गुरुङ लामो समयदेखी जापानमा स्थापित सफल रेमिट्यन्स ब्यवसायी हुनुहुन्छ । अधा दर्जन उमेद्द्वार हुँदा पनि आफु निर्बिरोध अध्यक्ष भएका गुरुङ सबैलाई मिलाएर लैजान सक्ने अती मिलनसार र अती रुचाएका बलियो उमेद्द्वारमा पर्दछन ।अघिल्लो अधिबेसनमा साथीहरु लाई समर्थन गरेर अघी लगाएर बसेकाले अहिले भने पालो आएको र आफ्नो उम्मेदवारी व्यक्तिगत स्वार्थ भन्दा पनि गैरआवासीय नेपालीको हरुको समुचित बिकासको लागि निरन्तरता भएको दावी गरेका छन् ।

नेपालीका लागि नेपाली,एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने गैरआवासीय नेपाली संघको मुल नारालाई सार्थकर्ता दिन आफुले एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी दिएको गुरुङले बताए । गुरुङ जापानस्थित नेपाल आदिबासी जनजाति महसंघ जापानको सस्थापक अध्यक्ष समेत् रही विभिन्न संस्थामा पनि महत्वपूर्ण ठाउँमा बसेर काम गरी सकेका गुरुङ गैरआवासीय नेपाली आन्दोलन र अभियानको अगुवामा निकै परिचित नाम हो ।

बिगत एनआरएनए जापानको एनसीसी देखी नै भबन भट्टसंग नजिक रहेर काम गरेका गुरुङ गत निर्वाचनमा भट्टको बिजयीसंगै प्रबक्ता पनि निकै चर्चा थियो भने हाल पनि एनआरएनए आईसीसीको नीति र कार्यान्वयन जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरीरहेका छन र गैरआवासीय नेपाली संघको परिकल्पना स्थापना र बिकासमा एनआरएनए एनसस्सी र आईसीसीमा गुरुङको योगदान र भुमिका निकै महत्वपूर्ण मानिन्छ ।

हाल पर्वत समाज जापान,नेपाल आदिवासी जनजाति महासंघ जापान,तमु धीं जापान,चितवन समाज जापान,तमु ह्युल छों धीं नेपालको अन्तर्राष्ट्रिय परिषद् सल्लाहकार लगाएत विभिन्न संस्थामा आवद्ध गुरुङ समसामयिक विषयमा कलमसमेत चलाउनु हुन्छ । एनआरएनए एसिया प्यासिफिक संयोजक पदमा उम्मेद्धार गुरुङले गैरआवासीय नेपालीहरुको हक अधिकार र विदेशमा निधन भएक नेपालीहरुको सरकारी तवर वाट नेपाल लाश र विदेशीभूमिमा अलपत्र नेपालीहरुको उद्धारमा आफुँ जोडदारसंग लाग्ने बताउनु भयो ।