काठमाडौं, ४ जेठ । सेयर बजार नेप्से आज करिब ९ अंकले सुधार आएको छ । हिजो मंगलबार ८४ अंकले घटेको नेप्से परिसूचक आज ८ दशमलव ९ अंकले बढेर नेप्से परिसूचक २२ सय ७४ दशमलव ४२ अंकमा पुगेर बन्द भएको छ । नेप्सेको सेन्सेटिभ इन्डेक्स २ दशमलव ४१ अंकले सुधार आई सेन्सेटिभ इन्डेक्स ४४१ अंकमा पुगेको छ।
केही सुधार आएको नेप्सेमा एकै दिन १०९ कम्पनीका सेयर धनीले नाफा कमाएका छन् । नेप्सेमा बुधबार ७० कम्पनी का सेयरधनीले घाटा व्यहोर्दा एक मात्र कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । नकारात्मक सर्किट लागेको कम्पनीमा वोमी माइक्रो फाइनान्सको सेयर मूल्य १११ रुपैयाँ घटेर एक हजार एक रुपैयाँमा कारोबार भएको छ ।
नेप्सेमा आज बजारमा ३१ लाख ५६ हजार कित्ता शेयर खरिद बिक्री हुँदा एक अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा आज बैकिङ सेक्टर, डेभलमेण्ट बैंक, फाइनान्स, होटल, माइक्रो फाइनान्स सेक्टर का लगानीकर्ताले नाफा कमाएका छन् भने अन्य सेक्टरका सेयर लगानीकर्ताले गुमाएका छन् ।













प्रतिक्रिया दिनुहोस्