जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार १५:२८

आज बढ्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, ५ बैशाख । आज सुनको भाउ बढेको छ । हिजो हिजो तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँ पुगेको छ । आज तेजाबी सुनको भाउ पनि प्रतितोला ५ सय रुपैयाँले नै बढेर तोलाको ९५ हजार ८ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा किनबेच भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार ५६० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार १३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।