जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार १५:३८

३ कम्पनीले मागे आईपिओ निष्काशनको अनुमति


काठमाडौं, ५ बैशाख । थप ३ वटा कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । बोर्डमा मायाखोला हाइड्रोपावर कम्पनी, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र मकर जितुमाया सुरी हाइड्रोले आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिनुभएको हो ।

मायाखोला हाइड्रोले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि ३४ करोड बराबरको ३४ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले बैशाख २८ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

त्यस्तै भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि १६ करोड ३२ लाख १६ हजार बराबरको १६ लाख ३२ हजार १ सय ६० कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले गत चैत्र २ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

त्यस्तै मकर जितुमाया सुरी हाइड्रोले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २२ करोड ८० बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले बैशाख ८ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । बोर्डबाट अनुमति पाएपछि यी कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छन् ।