जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार १०:३५

पनौती पनि एमालेले गुमायो, उपमेयरसहित ११ मध्ये ७ ओटा वडा जित्दा मेयरमा कांग्रेसका भण्डारी बिजयी


काभ्रे, जेठ ६ । काभ्रेको पनौती नगरपालिका पनि नेकपा एमालेले गुमाएको छ । पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ ।

कांग्रेसका रामशरण भण्डारी १४ हजार ५० मतसहित मेयरमा विजयी हुनुभयो । निकटतम प्रतिद्वन्द्वी एमालेका भीम न्यौपानेले ११ हजार ७ सय ८३ मत पाउनु भएको छ । यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । उमपेयरमा एमालेकी गीता बन्जारा १२ हजार ३३७ मतसहित विजयी हुनुभएको छ ।

निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका छवीलाल हुमागाईँले १० हजार ३८८ मत पाउनु भएको छ । यहाँ कांग्रेसले १, ५, ९ र १० गरी चार वटा वडा जितेको छ भने एमालेले २, ३, ४, ६, ७, ८ र ११ गरी सातवटा वडा जितेको छ । पनौती एमालेको पकड क्षेत्र मानिन्थ्यो ।