जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार १७:५८

आज शुक्रबार पनि शेयर कारोबार


काठमाडौं, ६ जेठ। आज शुक्रबार पनि शेयर कारोबार भएको छ । नेप्से सञ्चालक समितिको २०७९/०१/२१ गतेको बैठकले नेपाल सरकारको निर्णयानुसार नै कार्यालय समय संचालन गर्ने र जेठ महिनादेखि सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार संचालन गर्ने निर्णय गरे अनुसार आज पहिलो पटक शुक्रबार पनि शेयरकारोबार भएको हो ।

नेप्सेले यसअघि नै सम्पूर्ण ब्रोकरहरुलाई सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार संचालन गर्ने ब्यबस्था गर्न निर्देशन दिईसकेको थियो ।

नेप्सेले ब्रोकरहरुलाई पठाएको पत्रमा भनिएको थियो,‘उपरोक्त सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७९ बैशाख २३ मा बसेको बैठकले २०७९ जेठ १ गते देखि लागु हुने गरी बिहान ९ः३० बजे देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हुदाँ सोहि अनुरुप सोमबार देखि शुक्रबार सम्म धितोपत्रको कारोबार गर्ने व्यवस्था मिलाउन नेप्से सञ्चालक समितिको मिति २०७९/०१/२१ गतेको निर्णयानुसार अनुरोध छ ।’

नेप्सेले शुक्रबार पनि शेयर कारोबार गर्ने निर्णय गरेको जानकारी लगानीकर्ता र सम्पूर्ण सरोकारवालालाई समेत सुचना मार्फत गराएको थियो ।