जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार १८:३९

नेप्सेमा ३० लाख कित्ता हकप्रद शेयर सुचिकृत


काठमाडौं, ६ जेठ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज ३० लाख कित्ता हकप्रद शेयर सुचिकृत भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको १५० प्रतिशतले हुन आउने ३० लाख कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

कम्पनीले माघ ७ गतेदेखि फागुन १३ गतेसम्म १०० कित्ता बराबर डेढ सय कित्ताका दरले ३० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।