जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार १९:१९

जेठ १० गते सरकारको नीति तथा कार्यक्रम


काठमाडौं, ६ जेठ । सरकारको नीति तथा कार्यक्रम आगामी जेठ १० गते सार्वजनिक हुने भएको छ । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जेठ १० गते नीति तथा कार्यक्रम आउने जानकारी दिनुभयो । मन्त्री बडूले भन्नुभयो,‘सरकारले उत्पादनमुलक उद्योगलाई संरक्षण गर्ने गरी नीति तथा कार्यक्रम बनाउन लागेको छ ।

त्यसका लागी हामीहरु निजी क्षेत्रसँग नियमित छलफल गरिरहेका छौं ।’ नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा सरकारका प्राथमिकताहरु समेटिने गर्छन् । सरकारले वार्षिक बजेट सार्वजनिक गर्नुभन्दा पहिला नीति तथा कार्यक्रम सार्वजनिक गर्ने अभ्यास रहेको छ ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । संसद सचिवालयका प्रवक्ता रोज पाण्डेले जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरि तयारी भइरहेको जानकारी दिनुभयो ।