जनता टाइम्स

२९ असार २०७६, आईतवार ११:१४

नेपालद्वारा मलेसियाविरुद्धको श्रृखला क्लिन स्वीप


काठमाडौं, असार २९

नेपालले मलेसियाविरुद्वको दुई म्याचको टी–ट्वान्टी सिरिज क्विनस्वीप गरेको छ । रोमाञ्चक दोस्रो खेलमा मलेसियालाई ६ रनले हराउँदै नेपालले दुई म्याचको सिरिज क्विनस्वीप गरेको हो ।

१ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेट गुमाएर १ सय ६७ रनमात्र बनाउन सक्यो । निक्कै नै राम्रो शुरुवात गरेको मलेसियालाई रोक्न अन्तिम ओभरमा अविनास बोहोराले उत्कृष्ठ बलिङ गरेका थिए । १४ रन चाहिएको अवस्थामा उनले केवल सात रन मात्र दिएका थिए । मलेसियाकालागि शैयद अजीजले सर्वाधिक ५० रन बनाए । उनले पहिलो विकेटका लागि २३ रन बनाएका भिरन दिप सिंहसँग ७५ रनको साझेदारी गरे ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई दुई विकेट लिए । करण केसी, पारस खड्का र अबिनाश बोहराले समान एक एक विकेट लिए । यसअघि किनरारा ओभलमा टस जितेर पहिले पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । नेपालको लागि विनोद भण्डारीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । योसँगै विनोद टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने चौंथो खेलाडी बने। यसअघि नेपालका कप्तान पारस खड्का, सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका थिए।

यस्तै शरद भेषवाकरले ४० रन जोड्दा कप्तान पारस खड्काले २३ रन जोडे । त्यस्तै रोहित कुमार पौडेलले १९, करण केसीले १६ रन जोड्दा पवन सर्राफ १० रनमा आउट भए । मलेसियाका मुहमद फिर्टीले ३ विकेट लिए ।आईसीसीबाट टी–ट्वान्टी अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलो पटक युईएविरुद्वको सिरिज २–१ ले जितेको थियो । यो लगातार नेपालको दोस्रो श्रृखलामा जित हो ।