जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार १०:५४

लमजुङमा युरिया मलको अभाव हुँदा किसान मर्कामा


लमजुङ,७ जेठ । लमजुङमा युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका छन् । किसानले युरिया मल नपाएको गुनासो गरे पनि सरोकारवाला निकायहरूले यसमा कुनै चासो दिएका छैनन् । जिल्लाको बेसीशहर नगरपालिका ११ का विष्णु पाण्डेले दुई रोपनी जग्गामा मकै खेती गरेका छन् । एकहोरो मकै गोडेपनि मल अभावका कारण दोहोरो मकै गोडन् नपाएको उनले गुनासो गरे । मल अभावमा समयमै मकै गोड्न नपाउँदा दुःख गरी लगाएको मकै उत्पादन घट्नेमा विष्णु चिन्तित छन् ।

मलको अभावले समय घर्किदासमेत पाखामा लगाएको मकै दोहोरो गोड्न नपाएको अर्का किसान कृष्णमाया श्रेष्ठको गुनासो छ । लमजुङमा सिजनकै बेला युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ मदन रेग्मीले बताउनुभयो । उहाँका अनुसार युरिया मल नपाउँदा चैते धान र दोहोरो मकै गोड्न किसानलाई समस्या भएको छ ।