जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार १३:०१

आज पनि बढ्यो सुनको भाउ, चाँदीको भने रह्यो स्थिर


काठमाडौं, ८ जेठ । आज सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार रुपैयाँ पुगेको हो । आज तेजाबी सुनको भाउ पनि प्रतितोला ७ सय रुपैयाँले नै बढेर तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ भने प्रतितोला १ हजार २७० रुपैयाँमा स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।