जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार १५:३१

आइएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित


काठमाडौं, जेठ ८ । आइएमई मोटर्स ‘हाइएस्ट बिजनेस ग्रोथ’ अवार्डबाट सम्मानित भएको छ। भारतको कोचीमा शुक्रबारदेखि आयोजित ग्लोबल डिलर्स कन्फ्रेन्समा अशोक लेलैन्डले आइएमई मोटर्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई उक्त अवार्डबाट सम्मान गरेको हो।

आइएमई मोटर्स नेपालका लागि अशोक लेलैन्ड इन्डियाको आधिकारिक विक्रेता हो। अशोक लेलैन्ड इन्डियाले आइएमई मोटर्सलाई गत आर्थिक वर्षमा उत्कृष्ट व्यापार गरेबापत उक्त अवार्डबाट सम्मानित गरेको हो।