जनता टाइम्स

९ जेष्ठ २०७९, सोमबार १५:३४

कोन्ज्योसोममा वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरीलाई निस्शुल्क एम्बुलेन्स सेवा


काठमाडौं, ९ जेठ । ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित कृष्णमान लामाले गाउँपालिका भित्रका ७० वर्ष माथिका वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरी महिलालाई निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

आज पदबहाली गर्दै लामाले पहिलो निर्णयको रुपमा ७० वर्ष माथिका वृद्धवृद्धा, असहाय, अशक्त र सुत्केरी महिलालाई निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गर्नुभएको हो । उहाँका अनुसार प्रत्येक वडाको सिफारिसमा गाउँपालिकावासी वृद्धवृद्धा,अशक्त र सुत्केरी बिरामीलाई काठमाडौँ उपत्यकाभित्रका अस्पतालमा ल्याउन लान गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले अध्यक्ष कृष्णमान लामा,उपाध्यक्ष राजनप्रसाद घिमिरे तथा सबै वडाध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । अध्यक्ष लामाले गत ६ जेठ शुक्रबार नै जिल्ला न्यायाधीशबाट शपथ ग्रहण गरिसक्नुभएको छ ।