जनता टाइम्स

१० जेष्ठ २०७९, मंगलवार १७:१०

सरकारले राष्ट्रिय गौरवका आयोजना मात्रै हेर्ने


काठमाडौं, १० जेठ । सरकारले ठूला आयोजना मात्रै केन्द्रीय सरकारले हेर्ने व्यवस्था गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ठूला, रणनीतिक तथा राष्ट्रिय गौरवका आयोजनाबाहेकका योजनाहरुको काम प्रदेश र स्थानीय तहमार्फत गरिने बताउनुभएको हो ।

उहाँले यसका लागि वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाईने बताउनुभयो ।