जनता टाइम्स

१० जेष्ठ २०७९, मंगलवार १८:१५

वैदेशिक रोजगारका गन्तव्य मुलुकसँगको श्रम सम्झौता पुनरावलोकन गरिने


काठमाडौं, १० जेठ । सरकारले नेपालीहरु वैदेशिक रोजगारीमा जाने मुलुकसँगको श्रम सम्झौता पुनरावलोकन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गन्तव्य मुलुकसँगको श्रम सम्झौता समयानुकुल हुने गरी पुनरावलोकन गरिने बताउनुभयो ।

राष्ट्रपतिले हाल कायम रहेका बोहक अन्य गन्तव्यमा पनि आकर्षक सुविधा उपलब्ध हुने अवस्थामा थप गन्तव्य मुलुकसँग पनि श्रम सम्झौता गरिने बताउनुभयो ।