जनता टाइम्स

१० जेष्ठ २०७९, मंगलवार १८:२०

जनतामाथि गठबन्धन सरकार गर्न थाल्यो धमाधम अत्याचार, एक सातामै फेरि बढ्यो बसको भाडा


काठमाडौं, जेठ १० । चुनाव सकिएलगत्तै सरकार धमाधम जनतामाथि ज्याद्धती गर्न थालेको छ । चुनावलगत्तै पेट्रोलियम पदार्थमा भारी मूल्यबृद्धि गरेको सरकारले एक सातामै फेरि सार्वजनिक सवारी साधनको भाडा बढाएको छ ।

अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढेको हो । यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुनेगरी भाडा वृद्धि गरिएको जनाएको छ । विभागले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाइएको छ ।
सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत भन्दा बढी बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढाइएको विभागले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घटेमा फेरि स्वचालित प्रणाली अनुसार भाडा घट्ने छ भने पेट्रोलियम पदार्थको मूल्य बढेमा थप बढ्नेछ । यसअघि विभागले जेठ ४ र २०७८ चैत २० गते भाडा वृद्धि गरेको थियो । आयल निगमले आइतबार रातिदेखि पेट्रोल र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ बढाएको थियो । सोही कारण देखाएर बिभागले भाडा बढाएको हो ।