जनता टाइम्स

१० जेष्ठ २०७९, मंगलवार १८:४५

यस्तो छ सरकारको नीति तथा कार्यक्रम


काठमाडौं, जेठ १० । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रममा सरकारले स्वदेशी उद्योग र उत्पादन क्षेत्रमा विशेष प्राथमिकता दिँदै आयात प्रतिस्थापन गर्ने नीति लिएको छ ।

शीक्षा, स्वास्थ्य तथा कृषि उत्पादनका क्षेत्रमा सरकारले विषेश जोड दिएको छ । ऊर्जा, पर्यटन, रोजगारी र पूर्वाधार विकासका क्षेत्र पनि सरकारको नीति तथ कार्यक्रमको प्राथमिकतामा छन् ।