जनता टाइम्स

११ जेष्ठ २०७९, बुधबार ००:००

नेप्सेमा दोहोरो अंकले सुधार


काठमाडौ‌, ११ जेठ । नेपाली सेयर बजार नेप्से बुधबार १४.३७ अंकले सुधार भई नेप्से परिसूचक २२ सय ३१ दशमलव ५७ अङ्कमा पुगेर बन्द भएको छ । मंगलबार १६ अंकले बढेको सेयर बजार बुधबारको वृद्धिसँगै नेप्सेका लगानीकर्ताहरूमा केही आशा पलाएको छ । सुधार आएको सेयर बजारमा सेन्सेटिभ इन्डेक्स २.४२ अंकले बढेर ४३५ दशमलव ०९ अंकमा पुगेको छ ।

नेप्से परिसूचक बढेको भए पनि कारोबार रकममा भने र कारोबार संख्या निरन्तर खुम्चिँदै गएको छ। आज नेप्सेमा बजारमा १ अर्ब ४ करोड ४६ लाख रुपैया बराबरको कारोबार भएको छ। नेप्सेमा मंगलबार १ अर्ब ८ करोड ८८ लाख रुपैयाँ र सोमबार १ अर्ब ३६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेमा निरन्तर सेयर कारोबार संख्यासमेत ओरालो लागेको छ ।

मंगलबार २६ लाख ९४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने मंगलबार ३१ लाख ७३० कित्ता कित्ता र सोमबार ३९ लाख १७ हजार ६५५ कित्ता सेयर किनबेच भएको थियो बुधबार नेप्सेमा २ सय २४ कम्पनीको सेयर खरिदबिक्री भएकोमा १६६ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । ५२ कम्पनीका लगानीकर्ता गुमाएका छन् भने ८ कम्पनीको सेयर अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ ।