जनता टाइम्स

१३ जेष्ठ २०७९, शुक्रबार ००:००

महोत्तरीमा भन्सार छली गरेर ल्याइएको सामन बरामद


महोत्तरी, जेठ १३ । महोत्तरीमा आज भन्सार छली गरेर ल्याइएको ४ लाख ४३ हजार बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी भिठ्ठामोडवाट गस्तिमा खटिएको प्रहरीले भारतिय नम्बर प्लेटको मोटरसाइकलमा चोर वाटो हुँदै ल्याउदै गरिएको २ बोरा कपडा जलेश्वर धवौलीवाट नियन्त्रणमा लिएको हो ।

३ लाख १८ हजार पर्ने लेडिज कपडा र १ लाख २५ हजार पर्ने उक्त बाइकलाइ नियन्त्रणमा लिएर आवस्यक कारवाहीको लागी जलेस्वर भन्सार कार्यालय मलिवरा पठाइएको प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिनुभयो ।