जनता टाइम्स

१३ जेष्ठ २०७९, शुक्रबार १९:३८

नविल बैंक आइजे ग्वोवल म्यागाजिनको शीर्ष २० बैंकहरुको सूचीमा सूचीकृत


काठमाडौं । नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत आइजी ग्वोवल पत्रिकाद्वारा प्रकाशितशीर्ष २० बैंकहरूको एक्स्लुसिप लिग तालिकामा सुचीकृत भएको छ । आइजे ग्वोवल युरोमनी संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा हो, र विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजनावित्त डेटा स्रोत मानिन्छ ।

आइजे ग्वोवल तथ्यांकले ३२ हजार भन्दा बढी कारोबारहरू, २६ हजार परियोजनाहरू र २१ सय कोषहरू समावेश गर्दछ । जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८० प्रतिशत, शीर्ष कानूनफर्महरूको ९० प्रतिशत र शीर्ष वित्तीयसल्लाहाकारको ८५ प्रतिशतको बजार कभरेजको साथ दैनिक आधारमा अद्यावधिक गरिन्छ ।

यो मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा बैंकले लगानी पारी योजनाहरु प्रदर्शन गर्दछ। वरीयता लिग तालिकामा नबिल बैंक १४ औं स्थानमा छ, जुन जी सिव (ग्वोवल सिष्टमेटिकल्ली इम्पोर्टेन्ट बैंक) शीर्ष २० औमापर्न सफल भएको छ । लिग तालिकामा नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुको साथै अन्तर्राष्ट्रिय बजारमा बैंकको साख स्थापित गर्ने अपेक्षा गरिएको छ।

नबिल बैंकले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र लगानी बैंकिङमार्फत १५० शाखा, १८७ एटिएम र १७० भन्दा बढी बेकिंग साझेदारहरूसँग मार्फतअन्तर्राष्ट्रिय बजारमापहुँचव्यावसायिक बैंकिङसेवागर्दै आएको छ।नबिलबैंक देशमापूर्वाधार लगानी ठूलो ऋण सिन्डिकेशनव्यवस्थामा अगाडि छ । निर्माणमा आधारित उद्योगहरू, जस्तै,सिमेन्ट र स्टिल कलकारखानाले नबिल बैंकबाट कर्जा लिइचलेका उद्योगहरूबाट देशको कुल खपतको ५० प्रतिशत माग पुर्ती गर्दै आएको छ ।

जलविद्युत क्षेत्रमा १८ सय मेगावाट सम्मको आन्तरिक जलविद्युत उत्पादनमा अधिकतम नबिल बैंकको लगानी छ । त्यसैगरी नबिल बैंक निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि देशकै सबैभन्दा ठूलो ऋण सिण्डिकेशन व्यवस्थापनको एक महत्वपूर्ण हिस्सा पनि रहेको बैंकले जनाएको छ ।