जनता टाइम्स

३० असार २०७६, सोमबार १६:२३

सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य छैन : सञ्चारमन्त्री बाँस्कोटा


काठमाडौं, असार ३० । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य नहुने प्रष्ट पार्नुभएको छ । सोमबार काठमाडौंमा सञ्चार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा सरकारको प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री बाँस्कोटाले सरकारले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार गर्नै नसक्ने प्रष्ट पार्नुभएको हो ।

मन्त्री बाँस्कोटाले एउटै सञ्चार माध्यमलाई पत्रिका, रेडियो र टिभीहरुमा लगानी गर्न नदिने सरकारको नीतिसमेत प्रष्ट पार्नुभयो । कार्यक्रममा मन्त्री बास्कोटाले सञ्चार माध्यमहरुको आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्ने बताउनु भयो । केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही सञ्चार माध्यामबाट आउन थालेको भन्दै उहाँले सो भनाई राख्नुभएको थियो । उहाँले श्रमजीवी पत्रकारहरुलाई न्युनतम पारिश्रमिक नदिने सञ्चार माध्यमलाई कारबाही हुने जानकारीसमेत दिनुभयो ।