काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले संसदमा प्रस्तुत हुने आगामी बजेटलाई स्वीकृत गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले आज चार बजे संसद बैठकमा बजेट प्रस्तुत गर्दै हुनुहुन्छ । अर्थमन्त्रीको सचिवालय स्रोतले दिएको जानकारीअनुसार बजेट करिब १७ खर्बको रहेको छ । बजेटमा कर्मचारीको तलब वृद्धि, सामाजिक सुरक्षा भत्ता वृद्धि गर्नेलगायत विषय उल्लेख छ।














प्रतिक्रिया दिनुहोस्