जनता टाइम्स

१५ जेष्ठ २०७९, आईतवार १७:२८

चक्रपथ बाहिर पनि मेलम्ची खानेपानी पाइप बिछ्याउने, १ अर्ब ९२ करोड विनियोजन


काठमाडौं, जेठ १५ । सरकारले चक्रपथ बाहिर खानेपानी पाइपलाइन बिछ्याउन बजेट विनियोजन गरेको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले चक्रपथ बाहिर मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याउन एक अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो । अर्थमन्त्री शर्माका अनुसार खानेपानी क्षेत्रको लागि ३७ अर्ब ३५ करोड रकम विनियोजन गरिएको छ ।