उदयपुर, जेठ ६ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ७ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । एमालेका उम्मेदवार अमर बहादुर दनुवारले ११ सय ७ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो। उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गम्भीर बहादुर पांगलटार ८ सय ६८ मत प्राप्त गरी पराजित हुनुभएको छ ।
त्यस्तै खुल्ला सदस्यमा खेम बहादुर राउत ९८४मत र प्रेम कार्की ९८० मत प्राप्त गरी विजयी हुनुभयो भने महिला सदस्यमा हिरा कुमारी थापा ११३८ मत र दलित महिला सदस्यमा पवित्रा परिवार ११७२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्