काठमाडौं, जेठ १६ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन) ले प्रधानसेनापतिसँग भेटवार्ता गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्मासँग मेयर साहले आज जंगीअड्डा नै पुगेर भेटवार्ता गर्नुभएको हो ।
मेयरको शपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेटवार्ता गर्नुभएको हो । भेटको क्रममा मेयर साहले विपद् व्यवस्थापनको क्षेत्रमा सेनाले पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो । साथै राष्ट्रिय सुरक्षामा सेनाले पुर्याएको योगदानको समेत प्रशंसा गर्नुभयो ।
भेटवार्ताको क्रममा प्रधानसेनापति शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना दिनुभएको छ । दुई जनाबीचको भेटवार्ताका क्रममा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य गरेर अघि बढ्ने कुरामा सहमती भएको छ ।
प्रतिक्रिया दिनुहोस्